Comments Add Comment

भारतमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । कोरोनाको संक्रमण पछि भारतको मुम्बइस्थित एक अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाका कारण भारतमा सोमबारसम्म २ जनाको मृत्यु भइसकेको थियो । भारतका १५ वटा राज्यमा कोरोना संक्रमण बढ्दो क्रममा छ । सबैभन्दा बढी महाराष्ट्रमा यसको संक्रमण फैलिरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

त्यस्तै कोरोना संक्रमणको आशंका भारतमा केन्द्रीय मन्त्री समेत होम क्वारेन्टाइनमा बसेका छन् । केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री वी मुरलीधरन कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर