काठमाडौं– आज (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ७७ हजार कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।