Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७६ फागुन २९ गते बिहीवारको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ फागुन २९ गते बिहीवार । इ.सं. 2020 March 11 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावीउत्तरायण शिशिर चैत्र कृष्णपक्षतिथि द्वितीया , तृतीया , १६:४६ बजे उप्रान्त चतुर्थी । नक्षत्र चित्रा , २१:०५ बजे उप्रान्त स्वाती । योग वृद्धि ८:०४ बजेदेखि ध्रुव , २९:०२ बजे उप्रान्त वृद्धि। करण भद्रा १६:४६ बजेदेखि वव , २७:३८ बजे उप्रान्त भद्रा । चन्द्रराशि कन्या । आनन्दादी योग चर । दिनमान २९।३९ । सूर्योदय ६:१९। सूर्यास्त १८:१० ।

Advertisement

नालास्थित मत्स्येन्द्रनाथको रथ-यात्रा। नालायात्रा।

तपाइको आजको  राशीफल                            

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मिश्रित खालको दिन छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ, तर हिम्मतले काम गर्दा कार्य सम्पादन हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । विवादपनि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...