Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोना संक्रमणको आशंका गरिएका ४ जनाको रिपोर्ट नगेटिभ – अस्पतालबाट डिस्चार्ज

Company Register

काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका ४ जना डिस्चार्ज भएका छन् ।

दक्षिण कोरियाबाट फर्किएका २ सहित ४ जना नेपाली कोरोना संक्रमणको आशंकामा आइतबार टेकु अस्पताल भर्ना भएका थिए ।

Advertisement

कोरोना संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनीहरुको नमूना (स्याम्पल) संकलन गरी परीक्षण गरिएको थियो । नमूना संकलन गरिएको ७२ घण्टापछि आएको रिपोर्टमा उनीहरुलाई संक्रमण नभएको र रिपोर्टमा नेगेटिभ आएपछि चारै जनालाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।

प्रवक्ता बास्तोलाका अनुसार कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका १ जनामा भने इन्फ्लूएन्जाको संक्रमण देखिएको छ ।

एन्फ्लूएन्जाको संक्रमण भएका व्यक्तिलाई भने चिकित्सकको सल्लाहमा थप उपचार गर्ने गरी आराम गर्न सल्लाह दिइएको बास्तोलाले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...