Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजको मौसम अपडेट सामान्यतया सफा

Company Register

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही क्षेत्रमा आंशिक तथा केही ठाउँमा सामान्य बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

अहिले देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । देशको पश्चिमी क्षेत्रमा अहिले सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

Advertisement

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ । अपरान्ह पश्चात पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमालि भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी क्षेत्रका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...