Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरियामा कोरोना भाईरसको आक्रान्त , ‘पर्ख र हेर’ नेपाल सरकार

Company Register

नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ । सीमित सङ्ख्यामा सङ्क्रमण देखिएकामा केही दिनदेखि भाइरस फैलँदो अवस्थामा छ । बढ्दो सङ्क्रमणसँगै विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपालीमा ठूलो सन्त्रास फैलिएको छ । अहिले करिब ४० हजारको हाराहारीमा नेपाली कोरियाको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । यस्तै रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका युवामा थप अन्योल सिर्जना गरेको छ । कामको सिलसिलामा कोरियामा रहेका नेपालीका अभिभावक पनि चिन्तामा देखिन्छन् ।

Advertisement

इपीएस प्रणालीबाट कोरिया पठाउने क्रममा केही सुस्तता आएको छ । कोरिया सरकारले पनि मुलुकमा सङ्क्रमण फैलिएपछि नेपाललगायत विभन्न स्रोत मुलुकबाट कामदार ल्याउने प्रक्रिया तत्कालका लागि रोक्न चाहेको बताइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाले नेपाल ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ । “कोरियामा कोरोनाको सङ्क्रमण फैलिएको कुरालाई हामीले गम्भीरताका साथ लिएका छौँ”, इपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले भने , “तत्कालका लागि कोरिया जाने क्रम केही कम भएको छ, एक(दुई दिनमा छलफल गरेर थप निष्कर्षमा पुग्छौँ ।” इपीएस प्रणालीबाट कोरिया पुगेका नेपालीको सङ्ख्या ६५ हजार बढी रहेको छ । भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएकामध्ये अहिले पनि करिब ४० हजार युवा विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा कोरियामा रहेका नेपालीको सङ्ख्या पनि उच्च रहेको छ । हालसम्म कोरियामा कुनै पनि नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छैन ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...