मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
|
आफन्तको सहयोग मिल्ने छ । धार्मिक यात्राको योगछ रहनेछ ।
कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा तपाइको रुची बढ्नेछ ।
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
|
शुभ समाचार सुन्ने अवसर जुट्ने छ । आज तपाइको सङ्कल्प सिद्ध
हुनेछ । आज तपाइको कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानिपनि
हुनेछ ।
|
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
|
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत
बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउन सक्छ ।
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
|
आज तपाइलाई सानातिना समस्याले अल्झाउने छ । मुद्दा मामिला आइलाग्नेछ
। राजनैतिक कार्यमा बाधा आउन सक्छ । प्रेममा मनमुटावपनि रहनसक्छ ।
|
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
|
आज अतिथिको रूपमा सत्कार पाइने छ । भौतिक साधन जुटाउने समय छ ।
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । रोमाञ्चक यात्रापनि होला ।
|
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
|
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी
बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
|
नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ
। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रुपनि क्षय होलान् ।
|
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
|
मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि
संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधापनि आउनेछ ।
|
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
|
आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
|
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
|
शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता
लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
|
आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना
प्रतिस्पर्धा फाइदा हुनसक्छ । पारिवार सङ्ग रमाइलो भेटघाट र यात्रा हुनेछ ।
|
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
|
महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ ।
गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
|