2025-12-10 1:34 am

मौसम (Update) -पहाडी भू-भागमा आंशिक बदली, वर्षा र हिमपात नहुने

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाले भोलि विहीबार र पर्सी शुक्रबार पनि मुलुकका पहाडी भू-भागमा आंशिक बदली हुने पूर्वानुमान गरेको छ ।

महाशाखाले शुक्रबारसम्मको मौसमको पूर्वानुमान सार्वजनिक गर्दै हिमपात तथा वर्षाको सम्भावना नरहेको जनाएको हो ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । त्यस्तै बुधबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad