वि.सं. २०७६ माघ २३। बिहीबार। इ.स. २०२० फेब्रुवरी ६। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। द्वादशी, १७:३० उप्रान्त त्रयोदशी। नक्षत्र– आर्द्रा, २३:०९ बजेउप्रान्त पुनर्वशु। योग– विष्कम्भ, २३:३३ बजेउप्रान्त प्रीति। करण– वालव, १७:३० बजेदेखि कौलव, २९:०५ बजेउप्रान्त तैतिल। आनन्दादिमा काण योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:४७ बजे र दिनमान २७ घडी १ पला। प्रदोष व्रत। भीष्म द्वादशी। वटुमाघयात्रा। सन्याडुली।
| आजको राशीफल |
| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
| दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ । |
| वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
| आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ । |
| मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
| कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । |
| कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
| आज झुटोबोल्न बाध्य भईनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मन कमजोरपनि रहला । |
| सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
| आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । |
| कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
| आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । |
| तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
| आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । |
| वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
| आज आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारीक झैँ–झमेला आउला । |
| धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
| विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ । |
| मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
| आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । |
| कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
| आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । |
| मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
| आज कार्यमा बाधा आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




