पौडी खेल्ने क्रममा बालकको मृत्यु

अनलाइन पत्र संवाददाता२०७६-०३-२९ No Comments

डडेल्धुरामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका १० दुम्सीजालाका ६ वर्षीय अनमोल विक रहेका छन् । आइतबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए । अनमोलसँगै पौडी खेल्न गएका सोही ठाउँका अर्का बालकलाई स्थानीयले देखेपछि उद्धार गरिएको प्रहरीले बताए ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Chat Icon
Ad
Ad