नेपाल आयल निगमले फेरी इन्धनको मूल्य बढाएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको छ । मुल्य बढेसँगै अब पेट्रोल प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य २५ रुपैँयाले बढाएको छ । अब खाना पकाउने ग्यास प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।