
रियलमी ब्राण्डको नयाँ क्वाड् क्यामेरा फोन रियलमीफाइभ आई बजारमा भित्रिएको छ । रियलमीले राम्रो क्यामेरा, ब्याट्री, डिजाइनका साथमा सुपथ मूल्यमा रियलमीफाइभ आइ नेपाली बजारमा भित्र्याएको हो ।
पाँच हजार एम्.एच् ब्याट्रीको साथमा रियलमीफाइभ आइले सबैभन्दा राम्रो ब्याट्री लाइफ र सबैभन्दा लामो ३० दिने स्ट्याण्डडबाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।
रियलमीफाइभ बजारमा एक्वा ब्लु र फरेस्ट ग्रिन गरी अरुभन्दा भिन्न रङमा उपलब्ध हुनेछन् । यसमा प्रयोग भएको सफ्टवेयर, कलरओएस् ६.१ ले रियल प्राईभेसी फङसन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सिम्पल युआई जस्ता थुप्रै विशेषताहरु प्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यो फोन अँध्यारोमा चलाउँदा आँखालाइ सहज हुनेछ । ४+६४ जिबि रियलमीफाइभ आईको मूल्य २० हजार ९९० पर्ने कम्पनीले जनाएको छ । प्रविधि ब्राण्ड रियलमी विश्वबजारमा साताैँ विशाल र सबैभन्दा छिटाे फैलिन सफल स्मार्टफाेनकाे ब्राणड हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




