2025-11-07 3:26 am

‘सीते बा’ को अचम्मको स्कूल

‘सक्किगोनी’का चर्चित पात्र ‘सीते बा’ अर्थात् मधुसुदन पाठकले नेपालमै पहिलोपटक डिजिटल प्रविधिबाट पठनपाठन हुने विद्यालय सञ्चालन गरेका छन्। बुधबार विद्यालयको उद्घाटन गर्दै नेपालमै पहिलो पटक यस प्रविधिको विद्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए। भारतमा निकै सफलता पाएको बचपन स्कूलको फ्रेन्चाइज नेपालमा पहिलो पटक ल्याइएको हो।

यस विद्यालयमा सम्पुर्ण पठनपाठन अत्याधुनिक प्रविधिमा डिजिटल माध्यमबाट पढाई हुने पाठकको भनाई रहेको छ। कलाकारिता संगै व्यवसायमा निकै सक्रिय पाठकले यस किसिमको विद्यालयको मास्टर फ्रेन्चाइज अधिकार आफूहरुले लिएको बताए। निकट भविष्यमै यस्ता विद्यालय काठमाण्डौँका विभिन्न भाग र देशका प्रमुख शहरहरुमा सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए। प्रि स्कूल सम्मको नेपाली पाठ्यक्रम बनाएर ल्याएको यस्ता विद्यालय सञ्चालनको लागि चहानेले सम्पर्क गर्न सकिने ‘सीतेबा’ अर्थात पाठकको भनाई रहेको छ।

डिजटल स्कूलमा किताब कलम आफै बोल्ने, दृश्यको मार्फत बढ्न सकिने एवम् भिआर सिस्टमबाट विभिन्न वस्तुस्थितीको बारेमा अवलोकन गर्न सकिने हुदाँ बालबालिकालाई सहजै रुपमा पढाईमा ध्यान आकृष्ट गराउन सकिने सञ्चालकको भनाई रहेको छ। यस विद्यालयको पहिलो शाखा चुनदेवि मन्दिर चक्रपथमा रहको छ।

About the Author

Ad
Ad