सरकारले आजदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्दहरु बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरनाको संक्रमण बढेको कारणले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै पौष २७ गते आजदेखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

साथै मन्त्रालयले सो अवधिमा तोकिएका केन्द्रमा १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउन समेत अभिभावकलाई अनुरोध गरेको छ । यस अघि आइतबार बसेको कोभिड संकट व्यवस्थापन समन्यव केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको सिफारिस गरेको थियो ।