2025-12-05 9:17 pm

कृष्ण कडेंलको ईन्द्रेणी कार्यक्रम मार्फत गरिव दुखीलाई एकैदिन १२ लाख हस्तान्तरण

बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको ईन्द्रेणी कार्यक्रमको माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् । दैनिक रुपमा सञ्चालन हँदै आएको सो कार्यक्रम मार्फत एकै दिन १२ लाख रकम दुखि बिरामिलाई हस्तान्तरण गरीएको छ । सो रकम इन्द्रेणीका साञ्चालक कृष्ण कंडेल र इन्द्रेणीकी व्यबस्थापक प्रतिमा कंडलको हातबाट हस्तान्त्रण गरीएको थियो । सो रकम मध्य स्याङजाका मृगौला पिडित राजेन्द्र कार्की लाई रु चार लाख इन्द्रेणी मार्फत हस्तान्त्रण गरीएको थियो ।

यसैगरी गुल्मी छत्रकोट गा।पा।का एउटै घरका अपाङगता भएका चार भाइ बहिनीलाई इन्द्रेणी मार्फत ८५ हजार र गुल्मी सेवा समाज ओमन को तर्फबाट ९८ हजार लगायत अन्य सहयोगी मनहरुबाट सहयोग उठाई जम्मा १ लाख ८८ हजार रकम हस्तान्तरण गरीएको थियो । सो रकम मध्य काभ्रे नवबुद्ध न।पा। ३ चरुवा का मृगौला पिडीत बुद्ध लामा लाई इन्द्रेणी मार्फत रु ३० हजार र अन्य सहयोगी मनमार्फत गरी रु १ लाख इन्द्रेणी मार्फत हस्तान्तरण गरीएको थियोे ।
यसैगरी मृगौला पिडीत टिका माया गुरुङ बचाउ अभियानका अअभियानता गणेश गुरुङ मार्फत ३ लाख २४ हजार पिडितका भाई सुवास गुरुङलाई इन्द्रेणी स्टुडियोमा गणेश गुरुङ र सञ्चालक कृष्ण कंडेल मार्फत हस्तान्तरण गरीएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad