Breaking
7 Dec 2024, Sat

सडक डिभिजन कार्यालयका प्रमुख चौधरीलाई विप्लव समूहले दल्यो कालोमोसो

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलेका छन् । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका हुन् ।

चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । प्रहरीले घटनास्थलबाट विप्लव समूहको ब्यानर समेत बरामद गरेको छ ।

Ad
Ad