
काठमाडौंको बौद्धमा गोली चलेको छ । गुण्डा नाइके विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा लामामाथि गोली चलाइएको प्रहरीले जानकारी दिएको हो । विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनीमाथि गोली प्रहार गरिएको हो । गोली लागेर घाइते भएका लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






