दुर्घटनामा परी मलेसियामा २ नेपालीको मृत्यु

Company Register

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको सडक दुर्घटनामा परेर मलेसियामा मृत्यु भएको छ । शुक्रबार मलेसियाको शाह आलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने र पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष शिवराज पनेरुले बताए । आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रुपमा कार्यरत भट्ट सँगै नुवाकोट घरभै सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ । मृत्यु हुने दुवै जनाको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडा अध्यक्ष पनेरुले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...