जाडो महिना लागेसंगै विद्युतीय हिटरको प्रयोग ह्वात्तै बढेको छ । तर, हिटरबाट हुने दुर्घटना पनि भएका छन् । हिटर प्रयोगमा सावधानी नअपनाए ज्यानै जान सक्ने जानकारहरु बताउँछन् ।
झ्याल ढोका बन्द गरेर हिटर मकाल बालेर सुत्दा अक्सिजन घटेर कार्बोन डाइअक्साइड, कार्बोन मोनोअकसाइड तथा हानिकारिक तथा विषालु किटाणुहरु जम्मा हुन्छ । र, अक्सिजन कमी हुने चिकित्सक बताउछन् ।
हिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने सावधानीहरुः
१ हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुपर्छ ।२. हावा पास नहुने ठाउँमा हिटर बाल्नु हुदैन ।२ मुटु रोगी तथा श्वासप्रश्वासका रोगीले हिटर प्रयोग गर्नु हुँदैन ।३ लामो समय हिटर प्रयोग गर्दा छालामा समस्या आउने हुदा हिटर नजिक धेरै बस्नु हुदैन ।४ सुत्ने बेलामा हिटर बालेर सुत्नु हुदैन हिटर कोठामा खुल्लै पारेर कतै हिड्नु पनि हुदैन ।५ आगोबाट जल्ने कुराहरु र बालबालिकाबाट हिटरलाई टाढै राख्नुहोला ।