Breaking
7 Dec 2024, Sat

शुपतिनाथ दर्शनमा जाने अशक्त तथा वृद्धवृद्धलाई अब विद्युतीय सवारीको सुविधा

अब पशुपति नाथको दर्शन गर्न जाने अशक्त तथा वृद्धवृद्धाले विद्युतीय सवारीसाधन प्रयोग गर्न पाउने भएका छन् । भारतीय महिला संघ काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई दुईवटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ । भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको ‘लिथियम आयन’ ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन बुधबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललाई हस्तान्तरण गरेकी हुन्।

अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूका लागि विद्युतीय सवारीसाधनहरू उपयोगी हुने बताइन् । उनले भारत र नेपालका जनताबीच रहेको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वाससमेत व्यक्त गरिन् । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले विद्युतीय सवारी साधन वृद्धवृद्धा तथा अशक्त तथा महिलाका लागि उपयोगी हुने बताए ।

Ad
Ad