आजकल धेरै मानिसमा टाउको दुख्ने समस्या हुन्छ । टाउकोको कुनै भागमा महसुस हुनेगरी दुख्नु वा भारी हुनुलाई हामी सामान्यतया टाउको दुखेको भन्छौ । तर टाउको किन दुख्छ, यसका बारेमा हामी जानकारी राख्दैनौं ।
साथै टाउको दुखाई अलग–अलग हुन्छन् भन्ने समेत जानकारी हुँदैन । सामान्यतया टाउको दुखाईलाई चिकित्सकीय भाषामा प्राइमरी र सेकेन्डरी हेडेक गरी दुई भागमा वर्गीकरण गरिएको हुन्छ । यी दुई प्रकारको टाउको दुखाई निम्न अनुसार छन् स्
१। प्राइमरी हेडेक स् प्राइमरी हेडेक टेन्सन हेडेक, माइग्रेन र कलस्टर गरी ३ प्रकारका हुन्छन् ।
क० टेन्सन हेडेक
टेन्सन हेडेक सामान्य टाउको दुखाइ हो । यो साधारण तनावका कारणले दुख्ने गर्दछ । यस्तो टाउको दुखाई शान्त र रमाइलो माहोलमा केहीबेर बसे वा निदाएमा आफै ठीक हुन्छ ।
ख० माइग्रेन
माइग्रेन निकै कडा खालको टाउको दुखाइ हो । यो केही घण्टादेखि केही दिनसम्म्म रहन्छ । माइग्रेनमा टाउकाको एक भाग दुख्ने हुन्छ । पुरुषको तुलनामा महिलामा माइग्रेन बढी देखिन्छ । माइग्रेन चिकित्सकको सुझाव अनुसारको औषधिको सेवनबाट नियन्त्रण गर्न सकिन्छ ।
ग० कलस्टर
हरेकपटक एउटै समयमा मात्र टाउको दुख्नुलाई कलस्टर दुखाइ भनिन्छ । यस्तो टाउको दुखाई मौसम अनुसार वा केही लामो समयसम्म नियमित एकै समयमा हुने गर्दछ । यो टाउको दुखाईलाई चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।
२। सेकेन्डरी हेडेक
दिमागमा कुनै खालको ट्युमर, संक्रमण, दाग भए वा नसा फुटेर टाउको दुख्नुलाई सेकेन्डरी हेडेक भनिन्छ । यो निकै कम मात्रामा हुन्छ । तर यस प्रकारको टाउको दुखाई निकै घातक मानिन्छ । जसलाई परीक्षण गराएर चिकित्सकको सल्लाह बमोजिम उपचार वा औषधि सेवन गर्नुपर्छ ।
रोकथाम र उपचार
अधिकांश मानिसमा टाउको दुख्ने समस्या सामान्य रहेको बुझाई छ । टाउको दुख्नुको अर्थ टाउकोको दुखाई मात्र नभएर शरीरमा भएका अरु रोग वा कारणले पनि हुनसक्छ । टाउको दुख्दा जथाभावी पेनकिलरको सेवन गर्नुहुँदैन । त्यसैले यसको परीक्षण गरी समयमै उपचार गर्नुपर्छ ।