2025-12-05 9:26 pm

महालक्ष्मी विकास बैंकको पनि लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित गरेको छ । शुक्रबार सम्पन्न १८ औँ वार्षिक साधारणसभाले  मुनाफाबाट ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर पारित गरेको हो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।  बैंकले हालसम्म करिब ३४ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरी  २८ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad