आजको पञ्चाङ्ग

वि.सं. २०७६ कात्तिक ८। शुक्रबार। इ.स. २०१९ अक्टोबर २५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। द्वादशी, १६:३१ उप्रान्त त्रयोदशी। नक्षत्र– पूर्वफाल्गुनी, ९:११ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– ब्रह्म, ९:०५ बजेदेखि ऐन्द्र, २९:५७ बजेउप्रान्त वैधृति। करण– तैतिल, १६:३१ बजेदेखि गर, २७:१९ बजेउप्रान्त वणिज। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– सिंह, १४:४६ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:१० बजे, सूर्यास्त– १७:२४ बजे र दिनमान २८ घडी ५ पला। प्रदोष व्रत। धन–त्रयोदशी। धनतेरस -धनत्रयोदशी)। यम–पञ्चक (तिहार) प्रारम्भ। यमदीप–दान।

राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । यात्राका विशेष अवसर मिल्ने छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव समेत आउन सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । रमाइलो यात्राको योगपनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा मन्दी आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् ।