
काठमाडौं । कृषि विकास बैंकको प्रणाली ह्याक गरी चार करोड ७३ लाख रुपैयाँ लुटपाट घटनामा कैलाश विकास बैंक पनि मुछिएको छ । कृषि विकास बैंकको ट्रेजरीबाट लुटिएको रकम कैलाश विकास बैंकको ट्रेजरीमा जम्मा भएको पाइएको छ ।
प्रहरीका अनुसार ह्याकरले कैलाश विकास बैंकको मकवानपुरस्थित पालुङ शाखामा सिरहाको लहानस्थित कृषि विकासको शाखा कार्यालयबाट लुटिएकोमध्ये १० लाख रुपैयाँ रकम जम्मा गरेको भेटिएको छ । तर, कैलाश विकास बैंकका कुनै पनि अधिकारी भने पक्राउ परेका छैनन् । सोही प्रकृतिको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले नुवाकोट मेघाङ–४ का ४३ वर्षीय लवाङ तामाङसहित चारजनालाई पक्राउ गरिसकेको छ । ह्याकरले कृषि विकासबाट लुटिएको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ कैलाश बैंकसँगै अन्य ११ व्यक्तिको बैंक खातामा जम्मा गरेका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सहकुल थापाले कृषि विकासले कैलाश विकास बैंकविरुद्ध जाहेरी नदिएकाले पक्राउ नगरिएको बताए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




