तामाङ पत्रकार संघ मकवानपुरको चौँथो अधिवेशनमा जयराम मुक्तानलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको छ। मुक्तानको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र वाईबा, र कोषाध्यक्षमा जमुना थिङलाई चयन गरिएको छ। सदस्यमा अन्जना न्यासुर तामाङ, सशान्त तामाङ, विवेक वाईबा, र छोइसाङ सिन्तान समावेश छन्।

कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान रहेका थिए। ‘तामाङ अग्रज पत्रकार २०८१’ बाट आदर्श सिंह थोकरलाई सम्मानित गरियो। प्रदेश प्रतिनिधिमा सुनसानी थिङ र केन्द्रिय प्रतिनिधिमा राजकुमार स्याङ्बो र नवराज वाईबा चयन भएका छन्।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष, र नेपाल पत्रकार महासंघका महासचिव लगायतको उपस्थिति थियो।