यस्ता छन् लौकाको जुस पिउनुको ५ फाइदा

अनलाइन पत्र संवाददाता२०७६-०३-२१ No Comments

मानिसहरुले चिया पिउने बानी परिवर्तन गरेर लौकाको जुस खाने हो भने शरीरलाई धेरै फाइदा पुग्ने गर्दछ । हामीलाई लौकाको जुसको बारेमा त्यति थाहा छैन ।

प्राय लौकालाई तरकारीको रुपमा प्रयोग गर्दै आइरहेका छौं । लौकाको फिक्का स्वादले गर्दा लौका मानिसलाई नराम्रो लग्न सक्छ तर यसको फाइदा थाहापाएपछि यसलाई अस्विकार गर्न सकिदैन ।

फाइदाहरु

१. शक्तिको लागी

यदी तपाई बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस यसले निकै फाइदा पुर्याउछ । लौकामा कार्बोहाइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउछ ।

२. पिसाब इन्फेक्सन निको पार्छ

यदी तपाइलाई पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ । लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।

३. शरीर भित्रको फोहोर सफा गर्ने

लौकाको रसमा ९८ ५ पानि र बाँकि एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाइ बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री सफा राख्ने काम गर्छ ।

४. ओजन घटाउनमा मद्धत गर्छ

लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

५. कब्जियतलाइ आराम गर्छ

लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाइ दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad