नेपाली चलचित्र ‘प्रेमगञ्ज’ यही भदौ ३ गतेदेखि देशभरका सिनेमा हलहरु तथा युरोपका हलहरुमा एकैसाथ प्रर्दशन हुने भएको छ । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रमा प्रेमका विभिन्न स्वरुप र जीवन संघर्षका विषयमा चित्रण गरिएको छ । प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र बैंकर्स कर्मचारीहरुको लगानीमा निर्माण गरिएको हो । चलचित्रको ट्रेलर दर्शकले अत्याधिक रुचाएसँगै फिल्मले दर्शकको मन जित्ने निर्माताहरुले अपेक्षा गरेका छन् ।

No description available.

चलचित्रमा पछिल्लो समय प्रेमिल जोडीहरुले भोग्ने समस्या र समाधानका पाटोसँगै जीवन संघर्षका विषयलाई उत्थान गरिएको निर्माण टोलीले बताएका छन् । चलचित्रमा बेनिशा हमाल र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा रहेको छ ।

No description available.

लामो समय वैंक तथा वित्तिय संस्थाहरुलाई कर्मथलो बनाएका अनन्तमान श्रेष्ठको बैंकर्स टिम , राजेन्द्र पाण्डे, दिनेश निरौला, गणेश भण्डारी, राजेश ढकाल, प्रकाश झा, अञ्जना श्रेष्ठ, निर्मला लामिछाने ,सुभाष नेपाल लगायतका बैंकर्स कर्मचारीहरुको फिल्ममा लगानी रहेको छ ।