नेपाल प्रेस युनियनको आदिवासी जनजाती सचिवमा लालकुमार मोक्तान निर्वाचित भएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको युनियनको ९ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार भएको मतदानको मत परिणाम अनुसार मोक्तान निर्वाचित भएका हुन् ।

मोक्तानले कुल १ हजार ३ सय ९५ मत मध्ये ७ सय ४१ मत प्राप्त गरी विर्वाचित भएको हो । उनको अर्का प्रतिस्पर्धी सुशील थकालीले ५ सय ५ मत प्राप्त गरेका छन् । महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।