2025-12-07 9:22 am

स्वतन्त्र पत्रकार संघको अध्यक्षमा पुनः बास्तोला

स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुनः कृष्णप्रसाद बास्तोला निर्वाचित भएका छन् । संघको नवलपरासीमा शनिबार सम्पन्न १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको हो ।

संघको संस्थापक केन्द्रीय अध्यक्ष समेत रहेका बास्तोला ४२ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । बास्तोलाकै नेतृत्वमा पोखरामा २०६८ सालमा स्वतन्त्र पत्रकार संघ जन्मिएको थियो । नवलपरासीको मौलाकालिका मन्दिर परिसरमा सम्पन्न अधिवेशनका देशभरका पत्रकारहरू सहभागी थिए । अधिवेशनको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad