काठमाडौं । गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ भर्सनको
गीतमा प्रेम पाण्डे (अनुपम)को शब्द, संगीत रहेको छ ।

यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन् । नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र कविता बिस्ट फिचर्ड छन् । श्याम लामाको निर्देशनमा भिडियो तयार पारिएको हो ।

जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू