काठमाडौँ । सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप ‘सानिमा सजिलो ईबैंकिङ’मा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ ।

बैंकले नेपालपे क्यूआर को क्यूआरमा आधारित कारोबारका लागि एनसिएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा ए.टि.एम.संचालनमा रहेका छन् ।