आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि चुमेको हो । तोकिएको समयावधिमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट दिइएको थियो ।

अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।प्रतियोगितामा मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, सङ्कटा फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, बीवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लब सहभागी भएका थिए ।