मिडिया हवसंगको लफडा पछि भद्रगोलका टिमले नयाँ सिरियल सुरु गर्ने भएका छन्। सामाजिक सञ्जालमा फोटो र स्टाटस पोस्ट गर्दै कुमार कट्टेल उर्फ जिग्रीले असोज २ गते बाट नयाँ सिरियल सुरु गर्न लागेको जनाएका हुन्। यसलाई भद्रगोलबाट बाहिरिएका टिमहरु सबैले आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका छन्।

सार्वजनिक फोटोमा ‘धतुरे’ उर्फ सिपी पुडासैनी, शंकर आचार्य ‘बरिष्ठे’ समेत समावेश भएका छन्। उनीहरु लामो समय देखि भद्रगोलमा थिएनन् भने भद्रगोलको सुरुवाती समयमा धतुरे, बरिष्ठ लगायतका पात्र निकै लोकप्रिय भएका थिए।

सोज २ गतेबाट नेपाल टेलिभिजन मार्फत विहिबार ८ः३० मा आउने हाँस्यसिरियलको नाम ‘सक्कि गो नी’ रहेको गोप्य श्रोतबाट खुल्न आएको छ। यद्यपी टिमले सिरियलको नाम बारे केही बताएका छैनन्। केही दिनमै पत्रकार सम्मेलन गरेर जानकारी गराउने ‘जिग्री’ उर्फ कुमार कट्टेलले जनाएका छन् । नयाँ टिममामा ‘भद्रगोल’का लगभग सबै चर्चित कलाकारहरु आबद्ध भएका छन्।