Menu

प्रादेशिक क्रिकेट संघमा बस्नेत

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका पूर्वखेलाडी राजु बस्नेत प्रादेशिक क्रिकेट संघ प्रदेश-३ को अध्यक्षमा निर्वाचित भएका छन्।

शनिबार हेटौंडामा भएको विशेष साधारण सभाबाट अध्यक्षका प्रत्यासी रहेका क्रिकेट संघ ललितपुरका अध्यक्ष नरेश रानालाई ३ भोटले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। प्रदेश ३ को ६ जिल्लाबाट २४ जना प्रतिनिधि मध्ये २३ जनाले भोटिङमा सहभागिता जनाएका थिए।

एकजना प्रतिनिधि भने उपस्थित भएका थिएनन। काठमाडौं जिल्लाका बस्नेतको १३ भोट आएको थियो भने रानाको १० भोट मात्रै आएको हो। यस्तै, उपाध्यक्षमा भने मकवानपुरका प्रेम क्षत्री सर्वसम्मत चयन भएका हुन्। नुवाकोटका दुर्गाराज पाठक सचिवमा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा चितवनका अनिल अधिकारी निर्वाचित भएका हुन्। सदस्यहरूमा काठमाडौंकी महेश्वरी डंगोल, प्रज्वल सापकोटा नुवाकोट, सुदीप पिया चितवन, रुपक रञ्जित भक्तपुर, सुजन महर्जन ललितपुर, अजयभीर पाण्डे काठमाडौं, अनुजमान श्रेष्ठ नुवाकोट, राजु गुप्ता मकवानपुर र उमेश पिया चितवन सदस्यमा चयन भएका छन्। 

विशेष साधारण सभाको उद्घाटन प्रदेश-३ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दल नेता इन्द्र बहादुर वानियाँले गरेका थिए। बानियाँले खेलकुदले नेपालको नाम उच्च राख्न मद्दत गरेको भन्दै खेलकुदको नाममा कसैलै पनि राजनीति गर्न नहुने बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad