
भदौ १९, २०७६ काठमाडाैं : सरकारले शनिवारदेखू लागू हुने गरी दूधको मूल्य बढाएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन दुग्ध विकास संस्थानलाई पत्राचार गरिसकेको छ। बिहीबार संस्थानको बोर्ड बैठकले दूधको मूल्य बढाउने निर्णय गरेकाे हाे। बढेको मूल्यअनुसार कृषकले ६९ प्रतिशत अर्थात् ४ रुपैयाँ १६ पैसा र दुग्ध व्यवसायीले ३१ प्रतिशत अर्थात १ रुपैयाँ ८४ पैसा पाउनेछन्।
यसअघि दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न गठित कार्य दलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र बढी उत्पादन हुने मौसममा प्रतिलिटर ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो। अहिले दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ रहेको छ। नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार मूल्य बढेपछि उपभोक्ताले प्रतिलिटर ७६ रुपैयाँ तिर्नुपर्नेेछ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






