Comments Add Comment

पार्टी र सरकारलाई चौतर्फी रुपमा योजनबद्ध आक्रमण भइरहेको छ – प्रचण्ड

भाद्र १९, विहिबार । नेकपाको अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टी्विरुद्ध योजनाबद्ध आक्रमण भइरहेकोले त्यसको प्रतिवाद गर्न निर्देशन दिनु भएको छ । पार्टीको नव गठित प्रचार विभागका प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्न बुधबार आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो योजनाविरुद्ध प्रचार रणनीति बनाउनुपर्ने बताउनु भयो ।

‘पार्टी र सरकारलाई चौतर्फी रुपमा योजनबद्ध आक्रमण भइरहेको छ,’ अध्यक्ष दाहालले भन्नु भयो ‘त्यसको व्यवस्थित प्रतिवाद जरुरी छ।’
अध्यक्ष दाहालले पार्टीले र सरकारले राम्रो काम गर्ने अवस्था निर्माण गर्नुपर्ने बताए। राम्रो काम भएको अवस्थामा त्यसको त्यसको स्वतः प्रचार हुनसक्ने दाहालको धारणा थियो। ‘स्वतन्त्रता र अराजकता तथा लोकतन्त्र र अधिनायकत्व बीचको सन्नुतल मिलाएर जानुपर्छ, प्रचारको काममा स्वतन्त्रता र लोकतन्त्रलाई प्राथमिकता दिएर गर्नुपर्छ,’ अध्यक्ष दाहालले बैठकमा भन्नु भयो ।

नेकपाले गत महिना प्रचार विभागको प्रमुखमा नारायाणकाजी श्रेष्ठ र उपप्रमुखमा सूर्य थापालाई चयन गरेको थियो। पूर्व एमाले र पूर्व माओवादी पक्षका प्रचार विभागका तत्कालिन प्रमुखहरु योगेश भट्टराई र पम्फा भुसालले बुधबार जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर