नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले नेपाली सेनाका कायम मुकायम प्रधान सेनापती प्रभुराम शर्मालाई बुधबार भेटेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले अनिवार्य अवकाश पाउनु अघि एक महिनाअघि विदा बसेपछि भारतीय राजदूत भावी प्रधान सेनापती शर्मालाई भेट्न जङ्गी अड्डा पुगेका हुन्। थापा साउन २६ देखि घर विदामा बसेका थिए। उनले भदौ २४ गते अनिवार्य अवकाश पाउँदै छन्। उनीपछि शर्माले नेपाली सेनाको नेतृत्व सम्हाल्ने पक्कापक्की छ। त्यही कारण उनले कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन्।