प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। नेता नेपालसँग भेट गर्न बुधबार साँझ नेपाल निवास कोटेश्वर पुगेका प्रधानमन्त्री देउवाले नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले उच्च स्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा पनि नेता नेपालसँग छलफल गरेका थिए। उक्त भेटमा कांग्रेसका पूर्णबहादुर खड्काका साथै नेपाल खेमामा विरोध खतिवडा, राजेन्द्र पाण्डे लगायतका नेता सहभागी थिए।
सर्वोच्च अदालतले संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियक्त गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई संविधानको धारा ७६ ९५० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। नेकपा माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन्।