Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोपा अमेरिका : पेरुलाई पराजित गर्दै ब्राजिल फाईनल प्रवेश

Company Register

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज विहान सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पेरुलाई १–० ले हराएको हो। ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ। फाइनल खेल जुलाई १० मा हुने छ।

Advertisement

ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राजिलले पेरुलाई ४–० ले हराएको थियो।समूह ुबीु मा ब्राजिल समूह विजेता बनेको थियो भने पेरु उपविजेता बनेको थियो। ब्राजिलले १० र पेरुले ७ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएका थिए।क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १–० ले हराएको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...