काठमाडौं – एकसातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य आइतबार  पनि घटेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपियाँ कायम गरिएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार भने छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५ रुपियाँ कायम गरिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य ओरालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ ।