Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ओली पुन प्रधानमन्त्री नियुक्त , आज दिउँसो २ बजे सपथ लिने

Company Register

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुन प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई ‘प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेता’ का हैसियतमा प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

Advertisement

गत सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि राष्ट्रपतिबाट बिहिबार राति ९ बजेसम्मको समय दिएर संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि आह्वान भएको थियो । यस्तो सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गरेको प्रयास असफल भएपछि धारा ७६ को उपधार ३ अनुसार ओली पुन प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्रीले सपथ भने आज दिउँसो २ बजे लिने भएको छ । अब प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...