Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

माधव नेपाल पक्षका २० सांसदले सामुहिक राजिनामा दिने

Company Register

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा निरन्तरता दिनु भन्दा अन्ततः सामूहिक राजीनामा दिने निर्णयमा नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदहरु पुगेका छन्। योसँगै ओलीले आगामी २७ गते लिन लागेको विश्वासको मतमा नेपाल पक्षको साथ जुटाउन गरेका सबै प्रयास असफल भएका छन्। शनिबार सातदोबाटोमा करिव ६ घण्टा छलफल गरेपछि यो पक्ष ओलीलाई साथ दिनुभन्दा सामूहिक राजीनामा दिनु उपयुक्त हुने निर्णयमा पुगेको हो।

Advertisement

नेपाल पक्षका सांसद झपट रावलका अनुसार छलफलमा प्रत्येक्षतर्फका २० जना सांसदहरुले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी नेता माधवकुमार नेपाललाई बुझाएका छन्। बाँकी केही प्रत्यक्षतर्फका सांसदहरुले पनि राजीनामा बुझाउने छन्। राजीनामा दिनेमा नेपाल पक्षका समानुपातिक सासंदहरु पनि पर्ने छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...