Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यी हुन् ‘रेड जोन’मा रहेका नेपालका ३४ जिल्ला

Company Register

नेपालका ३४ जिल्लामा कोरोना संक्रमण अवस्था बढ्दो रुपमा देखिएको छ । जसमध्ये २० जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने अन्य १४ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काभ्रे, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु , सुर्खेत र कैलाली गरी २० जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

Advertisement

यसैगरी १४ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा बारा, रौतहट, महोत्तरी, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा, नवलपरासी ९पूर्व०, नवलपरासी९पश्चिम० , अर्घाखाँची, गुल्मी, कञ्चनपुर, बैतडी र डडेल्धुरा रहेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...