Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गौरिका एसियाकै प्रभावशाली युवाको सुचीमा

Company Register

गौरिका सिंह एसियाको प्रभावशाली युवाको सुचीमा परेकी छिन् । अमेरिकाको चर्चित म्यागजिन फोर्बसले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका इन्टरटेन्मेन्ट एन्ड स्पोर्टसतर्फ एसियाको प्रभावशाली ३० युवामा परेकी हुन् । गौरिकाका बारेमा फोर्बस्ले भनेको छ, ‘गौरिका सिंह नौ वर्षको उमेर देखि पौडी खेलमा छिन् । १२ वर्षदेखि नेपालका लागि खेलिरहेकी छिन् ।

Advertisement

दक्षिण एसियाली खेलकुद ९साग० मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेकी छिन् । सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडी थिइन् ।’ गौरिका १३ वर्षको उमेरमा रियो ओलम्पिकमा सहभागी भएकी थिइन् । डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं सागमा गौरिकाले कीर्तिमानी उपलब्धी हासिल गरेकी थिइन् । नेपालका लागि पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...