काठमाडौं – मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो: सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकी प्रदेश,कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकि प्रदेशका पहाडि भू- भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकी प्रदेश,कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडि भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।