काठमाडौँ –जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

हाल  देशका पहाडी भूभागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो :  देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पश्चात पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

राती :  सुदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामन्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।