काठमाडौँ- मंगलबार नेपालमा सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ६५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैयाँले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैयाँ रहेको थियो ।