तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्ला । दाम्पत्य सुखले प्रफुल्लित गराउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट भने लाभ हुनेछैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । कुविचारमा मन जाला । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन कमजोर पनि रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । दैनिक कार्यमा सहजता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था पनि आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मुल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।