Comments Add Comment

अपराधिक कथामा आधारित फिल्म ‘पासवर्ड’को ट्रेलर सार्वजनिक(भिडियो)

भदौ २७ गतेलाई रिलिज तोकिएको चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ । सम्राट बस्नेतको निर्देशन रहेको आपराधिक कथामा आधारित चलचित्रको ट्रेलर अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रविन्द्र झा लगायत कलाकारलाई स्थान दिइएको छ । बलिउड अभिनेत्री सन्नी लियोनीको इन्ट्री देखी नै चलचित्र चर्चामा छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्मित चलचित्रमा अनुपको लुक्स निकै फरक र आकर्षक देखिन्छ ।

चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रविन्द्र झाका साथमा प्रवीण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, सम्राट बस्नेतकै एक्सन, अमर जीत सिंहको छायाङ्कन र सौरभ लामाको डिओपी छ छ भने निर्देशक बस्नेत र महेश दवाडीको पटकथा र सीमा गुरुङको कथा रहेको छ ।

चलचित्रको धेरै जसो भाग लन्डनमा छायाङ्कन भएको छ ।

भिडियो :-

https://youtu.be/YhLZUCtn7Ls

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर