काठमाडौँ  –  शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ  । बिहीबारको तुलनामा प्रतितोला रु १ ले बढेर छापावाल सुन शुक्रबार रु १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

 बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको छ ।